images
images

टुंगियो कांग्रेसको क्रियाशील विवाद

टुंगियो कांग्रेसको क्रियाशील विवाद

  • आश्विन ४, २०७८ सोमवार
  • १३:२७:३२ बजे
  • 2.9K
    SHARES
  • टुंगियो कांग्रेसको क्रियाशील विवाद

    काठमाडौं :लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ ।

    २० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।


    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो ।  यद्यपि रसुवाको क्रियाशील सदस्यता विवाद भने सल्टिन बाँकी छ ।

    तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # क्रियाशील विवाद

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार