images
images

काठेखोलाको नेतृत्वका लागि काँग्रेसमा ज्ञामनाथ र यामदत्त कँडेलबीच रस्साकस्सी

काठेखोलाको नेतृत्वका लागि काँग्रेसमा ज्ञामनाथ र यामदत्त कँडेलबीच रस्साकस्सी

  • आश्विन ५, २०७८ मंगलवार
  • १८:०९:५५ बजे
  • 3.8K
    SHARES
  • काठेखोलाको नेतृत्वका लागि काँग्रेसमा ज्ञामनाथ र यामदत्त कँडेलबीच रस्साकस्सी

    बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा वडा तहमा अधिवेसन सम्पन्न भैसकेको छ । बागलुङको ८५ वटै वडामा सर्वसम्मत रुपमा वडा अधिवेसन सम्पन्न भएर पालिका तहको अधिवेसनको चटारो छ । वडा अधिवेसनबाट चुनिएका

    क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला समिति तथा प्रदेश महाधिवेसन प्रतिनिधि संघीय महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य समेत चुन्नेछन् । त्यसले गर्दा माथिल्लो तहमा आकांक्षी रहेकाहरु अहिले क्षेत्रीय प्रतिनिधि भेटेर आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

     अहिले नेपाली काँग्रेसले विधान संशोधन गरेर कुनै एक तहमा निर्वाचनमा पराजित भएपछि त्यसभन्दा माथिल्लो तहमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । त्यसले गर्दा जिल्ला नेतृत्वका आकांक्षीहरु पहिले महाधिवेशन प्रतिनिधि जित्नका लागि हरतरहका प्रयास गरिरहेका छन् ।

    जिल्लाको काठेखोला गाउँपालिकामा काँग्रेस नेतृत्वका लागि दुई जनाले दाबेदारी प्रस्तुत गरेका छन् । हालका सभापति ज्ञामनाथ कँडेल र सचिव यामदत्त कँडेलले आफूलाई काठेखोला गाउँपालिकामा काँग्रेसको आगामी नेतृत्वका लागि प्रस्तुत गरिरहेका छन् । 

    काँग्रेसलाई एक ढिक्का बनाएर काठेखोलामा बलियो पार्टी बनाउन मेरो उम्मेदवारी—ज्ञामनाथ कँडेल

    नेपाली काँग्रेस काठेखोला गाउँपालिकाको सभापतिमा दाबी गरिहेका ज्ञामनाथ कँडेले अहिले पनि पार्टी सभापति छन् । देश संघीय संरचनामा गएपछि काँग्रेसले पनि त्यो अनुसारको संरचना बनाउँदा उनी पार्टीको गाउँपालिका सभापति बन्ने मौका पाएका हुन् । नेपाली काँग्रेसले पालिकाको केन्द्र 

    Gyamnath kandel.jpg

    भएको वडाको सभापति नै पालिका सभापति हुने सर्कुलर गरेपछि उनी स्वभाविक रुपमा सभापति बनेका थिए । उनले अहिले पनि आफूलाई सभापतिको उम्मेदवारको रुपमा अगाडि सरेका छन् ।  यो तीन चार वर्षको समय संरचना बुझ्नमै खर्च भएको र अब पार्टीलाई सशक्त बनाउनका लागि

    आफूले एकपटक फेरी पार्टीको नेतृत्व गर्न चाहेको उनले बताए । ‘यो तीन चार वर्षको समय मेरा लागि बुझाइ र सिकाइको समय रह्यो,’ उनले भने,‘यो बीचमा धेरै कुरा जानियो सिकियो । अब काम गर्ने बेला भएको र काम गर्नका लागि आफूलाई सभापतिको रुपमा अगाडि सारेको छु ।

    नयाँ साथी आउँदा फेरि यो संरचना बुझ्न समय लाग्छ ।’ पार्टीको आन्तरिक अधिवेसन भएकाले घोषणा गरेर ठूलो प्रचार प्रसार नगरेको उनले बताए । ‘मैले बाहिर प्रचार गरेको छैन, आन्तरिक भएका कारणले प्रतिनिधि साथीहरुले मलाई सहयोग गर्नुहुन्छ भन्ने लागेको छ,’ उनले भने,‘हामी सकेसम्म सहमतिमै नेतृत्व टुङ्ग्याउँछौं ।’

    पार्टीले गएको स्थानीय प्रदेश र संघीय निर्वाचनमा काठेखोलाबाट व्यहोरेको हारलाई जितमा रुपान्तरण गर्नका लागि आफूले सभापतिमा दाबी गरेको उनले बताए । ‘हामीले विगतमा ध्यान पु-याउन सकेनौं त्यसले गर्दा पालिकादेखि प्रदेश र केन्द्रसम्म हामीले हार व्यहो¥यौं,’ उनी भन्छन्,‘पार्टीका केही साथीहरुले चित्त दुःखाउँदा पनि समस्या भयो । मैले ती सबैलाई सम्बोधन गरेर बलियो पार्टी बनाउनेछु ।’

     अहिले देशमा काँग्रेसको पक्षमा माहोल सिर्जना हुँदै गएको भन्दै उनले त्यसलाई गाउँगाउँ बस्तीबस्तीसम्म पु¥याउने समेत बताए । गाउँमा स्थानीय जनताको समस्याको पहिचान गरेर त्यसलाई सम्बोधन गर्नका लागि भूमिका खेल्ने उनको भनाइ छ । ‘स्थानीय तहमा आएका विकासका योजनाहरु

    सबैको पहुँचमा पुग्नुपर्छ, त्यसका लागि मैले भूमिका खेल्नेछु,’ कँडेलले भने ।काठेखोलाको कतिपय स्थानमा नेपाली काँग्रेस कमजोर भएको र त्यस ठाउँमा पनि संगठन सशक्त बनाएर ती ठाउँहरुमा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्नका लागि आफुले नेतृत्व गर्ने उनले बताए ।

     काठेखोलालाई पार्टीको बलियो आधार इलाका बनाउने समेत उनले दाबी गरे । विद्यार्थीकालमा अमर माविमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएकाले कँडेल प्रवासमा भारतमा रहँदा नेपाली जनसम्पर्क समितिमा रहेर उनले १६ वर्ष काम गरेका छन् । जनसम्पर्क समितिमा बस्दा शाखा सदस्य, सचिव, र शाखा अध्यक्ष हुँदै क्षेत्रीय समितिको सचिव भएर काम गरेको अनुभव उनीसंग छ । 

    पार्टीको १३ औं अधिवेसनमा तत्कालीन बिहुँकोट गाविसको सभापति चुनिएका उनी स्थानीय तह निर्माण भएपछि पालिकाको समेत सभापति भएका छन् । यो अवधिमा पार्टीका लागि निरन्तर खटिएकाले एक पटक नेतृत्वमा रहेर काम गर्ने उनले बताए ।

    पार्टीलाई शसक्त बनाएर आगामी निर्वाचनमा काठेखोलका सबै वडामा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्ने उनको दाबी छ । 

    युवालाई संरक्षण र प्रोत्साहन अग्रजलाई सम्मान गर्दै काँग्रेसलाई सशक्त बनाउँछु—यामदत्त कँडेल 

    yamdatta kandel.jpg

    काठेखोला गाउँपालिकाको नेपाली काँग्रेस सभापतिमा दाबी गरेका यामदत्त कँडेल काठेखोला—४ तंग्रामका हुन् ।उनी १३ औं महाधिवेशनमा नेपाली काँग्रेस तंग्रामको सभापति निर्वाचित भएका थिए । संघीय संरचना अनुसार बनेको पालिकामा उनी अहिले काठेखोला गाउँपालिकाको काँग्रेस सचिव रहेका छन् ।

    उनले युवालाई संरक्षण र प्रोत्साहन गर्ने र अग्रजलाई सम्मान गर्दै काँग्रेसलाई काठेखोलामा बलियो पार्टी बनाउने बताए ।  ‘काठेखोला नेपाली काँग्रेसको बागलुङमा जग स्थापना गर्ने थलो हो, यहाँका धेरे जना अग्रजले नेपाली काँग्रेस बागलुङमा स्थापित गर्नका लागि भूमिका खेल्नुभएको छ,’

    उनले भने,‘काठेखोलाको त्यो गौरवमय इतिहासलाई जोगाउँदै युवा पिँढीलाई साथमा लिएर सशक्त र जुझारु काँग्रेस बनाउन मैले काठेखोला गाउँपालिकाको सभापति ताकेको हुँ ।’ अब केही महिनामै हुन थालेको स्थानीय तहको निर्वाचनमा काठेखोला गाउँपालिका र आठै वडामा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउन स्पष्ट मिसन र भिजनका साथ लाग्ने उनले बताए ।

    ‘हामीले वडा अधिवेसनबाट काठेखोलाका सबै वडाहरुमा जुझारु र जोसिला युवाहरुलाई पार्टी सभापतिमा ल्याएका छौं,’ कँडेलले भने,‘मैले गाउँपालिकाको नेतृत्व गरेर युवा साथीहरुलाई साथमा लिएर जोस र होसका साथ नेपाली काँग्रेसलाई बलियो बनाउने अभियान मैले सञ्चालन गर्नेछु ।

    अबको स्थानीय निर्वाचनमा काठेखोला गाउँपालिका र वडाहरुमा काँग्रेसको नेतृत्व स्थापित गर्नुपर्नेछ । त्यसका लागि मैले मेहनत गर्छु ।’ काठेखोलाका दुई वटा वडामा काँग्रेस तुलनात्मक रुपमा कमजोर भएकाले त्यहाँको संगठनलाई सशक्त बनाउने उनले बताए ।

    ‘गाउँपालिकाका दुई वडा वडाहरुमा हामी अलि कमजोर छौं, ती वडाहरुमा पनि काँग्रेसको उम्मेदवारले निर्वाचन जित्ने गरी संगठनलाई मजबुत बनाउन त्यहाँको आवश्यकतालाई ध्यानमा राखेर संगठन निर्माण गरिनेछ,’ उनले भने । अब काँग्रेसलाई युवाहरुलाई साथमा लिएर अग्रजहरुको आशिर्वादमा चलायमान र जुझारु बनाउने उनको भनाइ छ ।

    काठेखोला गाउँपालिका भित्रका दलित जनजाति समुदायमा काँग्रेसको उपस्थिति कमजोर भएकाले आफूलाई ती ठाउँहरुमा काँग्रेसलाई विस्तार गर्ने बताए । ‘दलित जनजातिको बाहुल्यता भएको काठेखोलामा ती समुदाय भएका ठाउँहरुमा काँग्रेसको उपस्थिति कमजोर छ,’ उनले भने,

    ‘मैले काँग्रेसलाई तल्लो स्तरको जनताको पार्टी बनाउनका लागि ती बस्तीहरुमा काँग्रेस लोकप्रिय हुने गरी काम गर्छु ।’ उनले हरेक वर्ग समुदाय र क्षेत्रलाई समेटेर काँग्रेसलाई अगाडि बढाउने बताउँछन् । गलत बाटोमा लाग्दै गरेका युवामा सामाजिक सेवाको भावना जगाउँदै असल कर्ममा डो-याउने काममा आफूले भूमिका खेल्ने बताए । 
    काठेखोलाका सबै वडाका लागि समृद्धिको योजना बनाउने र स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराई त्यसलाई कार्यान्वयन गराउने उनको योजना छ । आगामी निर्वाचनमा वडादेखि प्रदेश र संघीय निर्वाचनसम्म नेपाली काँग्रेसलाई काठेखोलामा जिताउने उनको दाबी छ ।

    ‘अहिले निर्वाचन फेरी संघारमै आइपुगेको छ, विगतमा कतिपय हाम्रो कारणले गर्दा हामीले निर्वाचनको नतिजा गुमाएका छौं,’ कँडेल भन्छन्,‘यो पटक पार्टीलाई एक ढिक्का बनाएर आगामी चुनावमा काठेखोला गाउँपालिका र सबै वडामा काँग्रेसलाई जिताउने गरी काम गर्छु ।’

    उनी २०३६ सालबाटै नेपाली काँग्रेससंग नजिक छन् ।  २०३६ सालको आन्दोलन, २०४२ सालको सत्याग्रहमा सहभागी भएका उनी २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा खटिएका थिए । लोक सेवा आयोगमा नाम निकालेर सरकारी जागिरे भए पनि उनले राजनीतिक आस्था र सहभागिताकै कारण

    जागिर गुमाउनु परेको थियो । उनी २०३७ सालदेखि ४२ सालसम्म नेपाल विद्यार्थी संघ अमर माविको इकाइ सचिव भएर काम गरेका थिए । २०४३ देखि २०५१ सम्म तरुणदल तंग्रामको अध्यक्ष भएका उनले त्यसपछि दुई कार्यकाल पार्टी सचिव भएर काम गरेका छन् । १३ औं महाधिवेसनबाट

    तंग्रामको सभापति भएका उनी त्यसपछि गाउँपालिका सचिव भएका थिए ।  उनी विभिन्न संघ संस्था र उपभोक्ता समितिमा बसेर स्थानीय विकासका लागि सक्रिय रुपमा लागेका व्यक्ति हुन् । गाउँ गाउँमा मोटरबाटो, विद्युत, खानेपानी योजना लगायतका काममा उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

    नारायणीमा माविलाई कक्षा १२ सम्म स्तरोन्नति गर्न उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर अहं भूमिका खेलेका थिए । 

    सम्बन्धित समाचार