बडिगाडकाे सिसाखानीमा कांग्रेस र तरूण दलकाे प्रशिक्षण

बडिगाडकाे सिसाखानीमा कांग्रेस र तरूण दलकाे प्रशिक्षण

  • कार्तिक २, २०७८ मंगलवार
  • ०८:१२:५१ बजे
  • 3.4K
    SHARES
  • बडिगाडकाे सिसाखानीमा कांग्रेस र तरूण दलकाे प्रशिक्षण

    बागलुङ : नेपाली कांग्रेस बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी र नेपाल तरुण दलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागलुङका सङ्गठन विभाग प्रमुख फम खत्रीले देश सन्चालनका लागि कांग्रेसको विकल्प नभएको बताए । 

    अबको कांग्रेसलाई सशक्त बनाउनका लागि गाउँ तहबाटै सबै जागरुक भएर लाग्नुपर्ने उनको भनाई छ । दुई तिहाई बहुमत ल्याएको कम्युनिस्ट पार्टीले देश सन्चालन गर्न नसक्दा अहिले कांग्रेसको काधमा जिम्मेवारी आएको बताए । महाधिवेशन प्रतिनिधि याम श्रीसले कांग्रेसले लिएको नितिमै अहिले देश सन्चालनमै भैरहेको बताए । 

    नेपाली कांग्रेस मुसिकोट गाउँपालिका सभापति मोहन घिमिरेले कम्युनिस्टहरु भ्रमको खेती गरेर जनतालाई झुक्याउने काम गरेको बताए । जनताको गरीबीलाई नारा बनाएर आफ्नो राजनीति धानेका कम्युनिस्टबाट देश समृद्ध हुन नसक्ने बताए । गलकोट नगरपालिका २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले

    स्थानीय निर्वाचन जित्नु सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गरे । नेपाली कांग्रेस सिसाखानीका सभापति दिलबहादुर पुनको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पहिलो दिन कांग्रेस महाधिवेशन प्रतिनिधि जित शेरचन, कांग्रेस जिल्ला सदस्य गण्डकी थापा अधिकारी एवं दोश्रो दिन नेपाली

    कांग्रेस जिल्ला सदस्य तथा सङ्गठन विभाग प्रमुख फम खत्री, महाधिवेशन प्रतिनिधि याम श्रीस, कांग्रेस गुल्मी मुसिकोट नगरपालिका सभापति मोहन घिमिरे, गलकोट नगरपालिका २ का वडाध्यक्ष हिमबहादुर भण्डारी, नेपाल प्रेस युनियन बागलुङका उपसभापति संगम घर्तीमगरले प्रशिक्षण सहजीकरण गरेका थिए ।

    नेपाली कांग्रेस बडिगाड गाउँपालिका सदस्य हिमा घर्तीले स्वागत गरेको कार्यक्रमको सन्चालन नेपाली कांग्रेस सिसाखानीका सचीव लोकेन्द्र घर्तीले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार