तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी 

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी 

  • जेठ १, २०७९ आइतवार
  • १२:४५:५३ बजे
  • 3.8K
    SHARES
  • तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी 

    बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।

    आईतबार सकिएको मतगणना अनुसार ७१२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रहेका उनी गत स्थानीय निर्वाचनमा पनि काँग्रेसबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित बुढाले २०७ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले १९९५ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका अध्यक्ष पदमा उम्मेदवार देवेन्द्र छन्त्यालले भने ३९२ मत पाएका छन् । उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भईन् । उनले २७६८ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी इशु रसाईलीले १९५८ मत ल्याईन् । तमानखोला गाउँपालिकाको वडा नम्बर १, २ र ४ माओवादी केन्द्र तथा वडा नम्बर ३, ५ र ६ नेपाली काँग्रेसले जितेको छ । बागलुङका अन्य पालिकामा गठबन्धन भए पनि तमानखोलामा सबै दल एक्ला एक्लै निर्वाचनमा गएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # तमानखोला
  • # जोकलाल बुढा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार