दुर्घटना

रुकुमबाट छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा २१ जना घाइते

रुकुमबाट छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा २१ जना घाइते

  • कार्तिक २१, २०८१ बुधवार
  • १८:३३:१६ बजे
  • 2.6K
    SHARES
  • रुकुमबाट छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा २१ जना घाइते

    ढोरपाटन (बागलुङ) : बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौंका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा दुर्घटनामा परेको हो । 

    qwr.jpg

    दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

    wer.jpg

    हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरीक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार