images
images

बडिगाड ३ सिसाखानीमा आगलागी हुदा घर र गोठ जलेर नष्ट

बडिगाड ३ सिसाखानीमा आगलागी हुदा घर र गोठ जलेर नष्ट

  • पौष २५, २०७७ शनिवार
  • १७:३७:०२ बजे
  • 6.7K
    SHARES
  • बडिगाड ३ सिसाखानीमा आगलागी हुदा घर र गोठ जलेर नष्ट

    तिलक मगर, बागलुङ : बडिगाड गाँउपालिका वडा नम्बर ३ सिसाखानीमा शनिबार आगलागीहुदाँ एक घर र गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन् । 

    स्थानीय जालबहादुर जीवन घर्तीको घरमा शनिबार विहान करिब ८ बजे आगलागी हुँदा खरले छाएको घर गोठ सहित १२ लाख बराबरको क्षती भएको वडा अध्यक्ष खड्क पुनले जानकारी दिए । 

    विहानको समयमा आलगाली हुदाँ गोठमा रहेका पशुचौपाय भने जोगाउन सकिएको भएपनि घर भित्रका लताकपडा, अन्नपात साथै अन्य सामा्रगी जोखाउन नसकिएको पुनले बताए । 

    आगो निभाउने क्रममा घर्तिकी श्रीमति दिलमयाको खुट्टामा चोट लागेको र उपचारको लागि धौलागिरि अस्ताल बागलुङमा ल्याउँदै लगिएको पनि वडा अध्यक्ष पुनले बताए।

    आगो निभाउन पानीको स्रोत नजिकै नभएको कारण आगो निभाउन समय लागेको स्थानिय समिर पुनले बताउनुभयो । साथै पुनले आगोलागीको करण बस्ने घर नै धोस्त भएपछि घर्ति परिवार स्थानियको घरमा आश्रय लिएर बसेको समेत जानकारी दिए। 

    आगो के कारणले लाग्यो भने बारे केहि नखुलेको स्थानियले जनाएका छन । यता वडा र गाँउपालिकाले भने पिडित परिवारको लागि सहयोग गर्ने प्रतिबद्धता जानाएका छन । 

    सरकारले खरका छाना विस्थापित गर्ने कार्यक्रम संचालन गरेतापनि वास्तविक पिडित छनोटमा नपर्दा बर्षेनि आगलागीका घटना घटने गरेका छन ।

  • सम्बन्धित विषय:

  • # बडिगाड
  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार