बागलुङ बडिगाडका विद्यालयमा दिवा खाजा सुरु 

बागलुङ बडिगाडका विद्यालयमा दिवा खाजा सुरु 

  • पौष २, २०७७ बिहिवार
  • ०७:३६:४६ बजे
  • 6.5K
    SHARES
  • बागलुङ बडिगाडका विद्यालयमा दिवा खाजा सुरु 

    कमल पौडेल

    खर्वाङ : बागलुङको बडिगाडमा दिवा खाजा सुरु भएको छ ।

    गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजा बुधबार देखि सुरु भएको हो ।

    विद्यालय खुलेसंगै यो कार्यक्रम लागु भएको छ ।

    Khaja (1).jpg

    नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्षको श्रावण देखि नै कार्यक्रम सुरु हुने भनिएपनि कोभिड १९ को प्रभावका कारण विद्यालय नियमित भएसँगै पौष १ गते देखि निःशुल्क खाजा सुरु गरिएको हो ।

    १० वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई कुपोषणबाट बचाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न भन्दै चालु आर्थिक वर्ष देखि नेपाल सरकारले देशैभरका सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा सुरु गर्ने घोषणा गरेको थियो।

    Khaja (2).jpg

    स्थानिय उत्पादनमा आधारीत पोषणयुक्त खाजा बालबालिकाहरुलाई उपलब्ध गराउन प्रतिविद्यार्थी, प्रतिदिन १५ रुपैयाँ बजेटको व्यवस्था सरकारले गरेको छ ।

    गाउँपालिकाले परिपत्र गरेसंगै विद्यालयहरुले बुधवार देखि विद्यार्थीहरुलाई निःशुल्क खाजा खुवाउन थालेका छन्।

     

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • # बडिगाड
  • # खाजा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार