पश्चिम बागलुङमा गाउँ–गाउँबाट उर्लियो कांग्रेस, दर्जनौँ पार्टी प्रवेश

पश्चिम बागलुङमा गाउँ–गाउँबाट उर्लियो कांग्रेस, दर्जनौँ पार्टी प्रवेश

  • माघ ८, २०७७ बिहिवार
  • १७:११:५७ बजे
  • 13.2K
    SHARES
  • पश्चिम बागलुङमा गाउँ–गाउँबाट उर्लियो कांग्रेस, दर्जनौँ पार्टी प्रवेश

    छबिलाल पाण्डे, बुर्तिबाङ : नेपाली काँग्रेसले सरकारले गरेको संसद विघटनको विरुद्धमा बिहिबार पनि देशभरका सबै वडा तहमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय अनुसार सवै वडा तहमा कार्यक्रम आयोजना गरीएका अनुसार बागलुङ जिल्लाका ८५ वटै वडातहमा कार्यक्रम सम्पन्न गरीएको हो । 

    जसअन्र्तगत पश्चिम क्षेत्रका स्थानीय पालिकाहरुमा समेत कार्यक्रम सफल भएको हो । ढोरपाटन नगरपालिका वडा नम्बमर ५ मा नेपाली काँग्रेस क्षेत्रीय सभापती

    दोर्णकुमार कुवँरले सम्वोधन गरेका छन् ।  उनले विरोध सभालाई सम्बोधन गर्दै वर्तमान ओली सरकारले सविधानलाई कुल्चँदै गैर कानुनी रुपमा संसद विघटन गरेर देशलाई थप दुर्घटनामा पार्न खोजेको बताए । 

    उनले ओलीको एकलौटी पन र अहंकारले गर्दा देशमा संकट पर्न थालेको भन्दै अब नेपाली जनता चुप लागेर बस्ने अवस्था नभएको बताए ।

    ढोरपाटन नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्वोधन गरेका छन् । 

    बुर्तिबाङमा ¥याली सहित बजार परिक्रमा गरेर परिवर्तन चोकमा कार्यक्रम सम्पन्न गरीएको थियो ।  वडा नम्बर २ मा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम शर्माले संबोधन गरेका छन् ।

    वडा नम्बर ३ मा पुर्व जिल्ला सदस्य मेषलाल शर्मा, वडा नम्बर ४ मा जिल्ला सदस्य शैलेश घर्ती, वडा नम्बर ६ मा पूर्व महासमिती सदस्य अर्जुन शेरचनले सम्वोधन गर्नुभएको गरेका छन् ।

    उनीहरुले वोल्दै स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार, वेतिथी र विसंगती मौलाएको आरोप लगाउँदै अब त्यसका विरुद्ध नेपाली काँग्रेसले कडाइका साथ अगाडी बताए ।

    वडा नम्बर ७ मा महादिवेशन प्रतिनिधी जीत शेरचनले सम्वोधन गरेका छन् । उनले बोल्दै कम्युनिष्ट सरकार जनताको सरकार नभई कमाई खाने भ्रष्चारी र दलाल नेताको पार्टी भएको बताए ।

    वडा नम्बर ८ मा महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवी, वडा नम्बर ९ मा महादिवेशन प्रतिनिधी शोम पौवीले कार्यक्रमको सम्वोधन गरेको कांग्रेसले जनाएको छ ।

    तमानखोला 
    तमानखोला गाउँपालिकाको ६ वटै वडामा विरोध सभा सम्पन्न भएको हो । जसमा वडा नम्बर १ मा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्वोधन गरेका छन् ।

    वडा नम्बर २ मा जाल प्रसाद छन्त्याल वडा नम्बर ३ मा गिरबहादुर घर्ति, वडा नम्बर ४ मा खिमबहादुर छन्त्याल, 
    वडा नम्बर

    ५ मा तेजेन्द्र रामजाली र वडा नम्बर ६ मा गाउँपालिका पार्टी सभापती खगेन्द्रमा पुनले सम्वोधन गरेका छन् । 

    निसीखोला 

    त्यसैगरी निसीखोला गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस जिल्ला सदस्य एवम निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको सम्वोधन गरेका छन् । 

    उनले बोल्दै दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचार, अराजकता र आफनो स्वार्थमा लागेका जनताले दुख खेप्नु परेको बताए ।

    उनले आन्तरीक विवादले भागवन्डा नमिल्दा संसद विघटन गरेर जनताले पाँच वर्षलाई चुनेर पठाएको मतलाई कुल्चिएको आरोप लगाए । 

    वडा नम्बर १ मा भविन्द्र बहादुर कुवँर, वडा नम्बर २ मा दिलेन्द्र बहादुर रामजाली, वडा नम्बर ३ मा इन्द्रबहादुर मल्ल, 

    वडा नम्बर ४ मा प्रकाश कुवँर, वडा नम्बर ५ मा सोभा कुमारी कार्की, वडा नम्बर ६ मा चन्द्रमाला बुढाले कार्यक्रमको सम्वोधन गरेको कांग्रेस निसीखोलाले जनाएको छ । 

    बडिगाड गाउँपालिका 
    बडिगाड गाउँपालिकामा समेत प्रत्येक वडामा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ र ७ को कार्यक्रम सयुक्त गरिएको हो ।

    उक्त सभालाई नेपाली काँग्रेसका नेता एवम राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष रन्जित ताम्राकारले संवोधन गरेका हुन् । 

    उक्त कार्यक्रममा नेकपा र राजमो परित्याग गरी दर्जन वढि कार्यक्रता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा लगाएत नेताद्धारा सम्वोधन गर्नुभएको छ ।

    बडिगाड गाउँपालिका वडा नम्बर १ मा नरबहादुर पटेल, वडा नम्बर २ मा अर्जुन खरेल, वडा नम्बर ३ मा लाल प्रसाद घर्ति, वडा नम्बर ४ मा अमर बहादुर श्रीस, वडा नम्बर ५ मा सरस्वती शर्मा , वडा नम्बर ८ मा रामप्रसाद वि.क, वडा नम्बर ९ मा पदमबहादुर विकद्धारा सम्वोधन भएको जनाइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # पश्चिम बागलुङ
  • # नेपाली कांग्रेस

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार