बडिगाडको सिसाखानीमा काँग्रेसको विरोध सभा, एक दर्जन बढि काँग्रेसमा प्रवेश 

बडिगाडको सिसाखानीमा काँग्रेसको विरोध सभा, एक दर्जन बढि काँग्रेसमा प्रवेश 

  • माघ १०, २०७७ शनिवार
  • २३:२१:१५ बजे
  • 5.1K
    SHARES
  • बडिगाडको सिसाखानीमा काँग्रेसको विरोध सभा, एक दर्जन बढि काँग्रेसमा प्रवेश 

    सुरेश छन्त्याल

    बागलुङ : नेपाली काँग्रेसले जिल्लाको बडिगाड गाउँपालिका—३ सिसाखानीमा विरोध सभा गरेको छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नेपाली काँग्रेस सिसाखानीको आयोजनमा विरोध सभा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि जीत शेरचनले लोकतन्त्र, विधिको शासन र संविधानको रक्षाका लागि सबै एक हुनुपर्ने बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक तवरले जनमतको अपमान गर्दै संसद विघटन गरेर निरङ्कुशता लाद्ने प्रयास गरेकाले त्यसका विरुद्ध संघर्ष जरुरी रहेको उनको उनको भनाई थियो । ‘जनतालाई भ्रममा पारेर २०७४ को निर्वाचनमा देशमा कम्युनिष्ट पार्टीहरुले बहुमत ल्याए,’ उनले भने,‘अहिले आफ्नै पार्टी भित्रको आन्तरिक किचलोलाई कारण बनाएर जनमतको अपमान र संविधानको समेत हत्या गर्नेगरी संसद विघटनको काम भएको छ । यसका विरुद्ध सबै नेपाली जुटेर संघर्ष गर्नुको विकल्प छैन ।’

    congress 5.jpg

    संसद विघटन हुनुमा केपी ओली मात्रै नभएर प्रचण्ड माधव नेपालको पनि उत्तिकै दोष रहेकाले उनीहरुसंग काँग्रेसले सहकार्य नगरेको उनले स्पष्ट पारे ।

    ‘अहिले संसद विघटन हुनुमा प्रधानमन्त्री ओली मात्र होईन प्रचण्ड र माधव नेपालको पनि उत्तिकै हात छ,’ शेरचनले भने,‘त्यसले गर्दा पनि काँग्रेसले उनीहरुले मिलेर जाऔं भन्दा पनि एक्लै संघर्ष गर्ने निर्णय गरेको छ । देशमा लोकतन्त्र संघियता, गणतन्त्रको रक्षाका लागि काँग्रेस संधै अग्रमोर्चामा खटिनेछ ।’

    कार्यक्रममा नेपाली काँग्रेस बागलुङका संगठन विभाग प्रमुख फम खत्रीले कम्युनिष्ट पार्टीका कारण अहिलेसम्म देशमा प्राप्त उपलब्धीहरु गम्ने खतरा रहेको बताए ।

    congress 1.jpg

    ‘प्रधानमन्त्री केपी शर्मा ओली तानशाही तवरले अगाडी बढ्ने प्रयास गरिरहेका छन्,’ उनले भने,‘आफुलाई कम्युनिष्ट पार्टी भन्नेहरुका कारण अहिलेसम्मको उपलब्धीहरु खतरामा परेको छ । अब देशमा काँग्रेसको विकल्प छैन, आम समुदायले काँग्रेसलाई देश बचाउने र विकास गर्ने जिम्मेवारी दिनेछन् ।’

    कम्युनिष्टहरुले चिल्ला कुरा गरे पनि व्यवहारमा भने कतै लागु नभएको उनको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि कृष्ण केसीले प्रधानमन्त्री ओलीको निरङ्कुश कदम विरुद्ध सबै एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको परिवर्तनका पक्षधर पनि थिएनन् त्यसले गर्दा पनि उनले यसको माया गरेको देखिन्न,’ उनले भने,‘संसद विघटन भनेको उनको सर्वसत्तावादी सोंचको उपज हो । यसका विरुद्ध आम नागरिक समुदाय उठ्नु जरुरी छ ।’

    congress 2.jpg

    महाधिवेसन प्रतिनिधि सागर छन्त्यालले संसद विघटनलाई काँग्रेसले असंवैधानिक कदम भनेको र अदालतको फैसला अनुसार अगाडी बढ्ने बताए । ‘काँग्रेसल यसलाई असंवैधानिक कदम भनेको छ, त्यसैले हामीले यसको सशक्त प्रतिवाद गर्छौं,’ उनले भने,‘ संविधानको अन्तिम व्याखा गर्ने अधिकार सर्वोच्च अदालतसंग निहीत भएका कारण उसले गर्ने फैसला भने लोकतान्त्रिक पार्टी भएकाले हामीले स्वीकार गर्छौं ।’

    विरोध सभामा नेपाली काँग्रेस बडिगाड गाउँपालिका सभापति अर्जुन खरेल, बडिगाड—३ सिसाखानीका पूर्व पार्टी सभापति यामेन्द्र घर्ती, दिलबहादुर राना, सल्लाहकार नरबहादुर पर्टेल, सहसचिव धनबहबादुर थापा, नेपाल तरुणदल सिसाखानीका अध्यष विष्णु भुजेल, कृष्णबहादुर थापा लगायतले प्रधानमन्त्रीको असंवैधानिक कदमको आलोचना गरेका थिए ।

    congress 3.jpg

    नेपाली काँग्रेस बडिगाड—३ सिसाखानीका पार्टी सभापति दिलबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाल महिला संघ सिसाखानीका अध्यक्ष दिलमाया घर्ती र सञ्चालन सचिव लोकेन्द्र काउचा र लालबहादुर श्रीसले गरेका थिए ।

    कार्यक्रममा एक दर्जन व्यक्ति विभीन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आगलागीमा परी घरगोठ नष्ट भएका जालबहादुर घर्तीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग समेत प्रदान गरिएको थियो । 

    congress 4.jpg

    सम्बन्धित समाचार