images
images

लोकेन्द्र काउचाको सिसाखानी बदल्ने योजना 

लोकेन्द्र काउचाको सिसाखानी बदल्ने योजना 

  • बैशाख २७, २०७९ मंगलवार
  • ०८:३०:३७ बजे
  • 5.5K
    SHARES
  • लोकेन्द्र काउचाको सिसाखानी बदल्ने योजना 

    बागलुङ : बडिगाडको गाउँपालिका वडा नम्बर ३ सिसाखानी, साविकको सिसाखानी गाविस । विगतमा नेपाली काँग्रेसको गढ मानिन्थ्यो । स्थानीय निर्वाचन २०७४ मा अप्रत्यासित रुपमा नेपाली काँग्रेसका उम्मेदवार पराजित भए । नेकपा एमालेका उम्मेदवारले ५२ मतान्तरले निर्वाचन जिते ।

    त्यसपछि सिसाखानीमा केही समय काँग्रेस सुस्तायो, विगतको दुई अढाई वर्षमा फेरी काँग्रेस पुनर्जागृत बन्यो । स्वदेश विदेशमा भएका युवाहरुले गाउँको विषयमा चासो र चिन्ता लिन थाले । गाउँमा सक्षम र निस्पक्ष युवा नेतृत्वको खोजी हुन थाल्यो ।

    त्यही मौकामा सबैको नजरमा परे, लोकेन्द्र काउचा । साविकको सिसाखानी गाविस वडा नम्बर १ घर भई वडा नम्बर ३ किटेनीमा हुर्के बढेका उनले लामो समय गाउँमा शिक्षकको रुपमा पनि काम गरे । गाउँघरमा अहिले एउटा मानक नै स्थापित के भएको छ भने छोरो हुर्केर विदेश जान सकेन भने उसले केही गर्न सकेन भन्ने अर्थ लगाईन्छ । त्यो मानक पूरा गर्न उनी विदेशमा पनि पुगे ।

    अन्ततः उनी गाउँमै बसेर समाजका लागि समर्पित हुने निधो गरेपछि अहिले उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार छन् । उनका पिता शक्तबहादुर घर्ती पनि यस अघिको स्थानीय निर्वाचनमा साविक सिसाखानी गाविस वडा नम्बर १ को वडाध्यक्ष थिए । पारिवारिक पृष्ठभूमि नै सामाजिक र राजनीतिक क्षेत्रमा भएका कारण उनी पनि यो क्षेत्रबाट टाढा रहन सकेनन् । बडिगाड गाउँपालिका—३ सिसाखानीका वडाध्यक्षका उम्मेदवार लोकेन्द्र काउचाले २०५० सालमा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट एसएसलसी उत्तिर्ण गरेका छन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका उनको अंग्रेजी विषयमा राम्रो दख्खल छ ।

     आइए पढ्दै गर्दा २०५२ सालतिरै बागलुङको एक निजी विद्यालय पढाएका उनी पारिवारिक आर्थिक अवस्थामा कमजोर हुनु र परिवारको मुख्य जिम्मेवारी बहन गर्ने छोरा भएका कारण विदेश पसे । २०६० सालमा नेपाल फर्केका उनले सिसाखानी माध्यमिक विद्यालयमा अंग्रेजी विषयको शिक्षक बनेर पढाए । उनले अँग्रेजी विषय पढाउन थालेपछि सिसाखानीमा माविमा पढ्ने विद्यार्थीको अँग्रेजीमा राम्रो सुधार भएको थियो । त्यो बेला लोकेन्द्रसंग पढ्ने मौका पाएका विद्यार्थीले माथिल्लो एसएलसी माथिका कक्षामा पनि अंग्रेजी माध्यमबाट पढ्ने क्षमता समेत विकास गरे । विद्यार्थीसंग सजिलैसंग घुलमिल हुने र सरल र सहज ढंगबाट अँग्रेजी ग्रामर सिकाउने उनको स्वभावले उनलाई विद्यालयमा निकै लोकप्रिय पनि बनाएको थियो । त्यो बेला उनीसंग अँग्रेजी पढ्न पाएका विद्यार्थीहरु अहिले पनि उनको प्रशंसा गर्छन् ।

     अस्थायी रुपमा अध्यापन गराएका उनी २०६८ मा फेरी विदेश पस्ने परिस्थीति आईलाग्यो । केही वर्ष विदेशमा बसेपछि घर फर्केका उनी त्यसपछि निरन्तर राजनीतिक र सामाजिक क्रियाकलापमा सक्रिय छन् । राजनीतिलाई सामाजिक सेवाको साधन ठान्ने उनी सरल स्वभावका कारण धरैका  प्रिय छन् । गाउँपालिका अध्यक्षमा रुख चिन्ह लिएर गण्डकी थापा अधिकारी र उपाध्यक्षमा भीमसेन वन उम्मेदवार हुँदा उनी सिसाखानीमा रुख चिन्हबाट वडाध्यक्षको उम्मेदवार छन् । आफु वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष बापत आउने सरकारी सेवा सुविधाको ५० प्रतिशत सामाजिक काममा लगाउने उनले घोषणा पनि गरेका छन् ।

    उनको प्यानलबाट वडा सदस्य खुलामा पृथबहादुर थापा र मानसिंह विक, खुला महिला सदस्यमा कुमारी थापा र दलित महिला सदस्यमा दिविशा प्रतेल रुख चिन्हबाट उम्मेदवार छन् । 

    लोकेन्द्र काउचाको पाँच वर्षमा सिसाखानी बदल्ने योजना यस्ता छन् । 

    सबै टोल समावेश गरी बौद्धिक व्यक्तित्वहरु र विकास प्रेमीहरुको संलग्नतामा विकास वोर्ड गठन हुने छ ।
     वडागत विकासमा विकास वोर्डको अध्यायन, सुझाव, सल्लाह मार्फत नै विकासका कामहरु गरिने छ ।
     विकास कार्यमा सिसाखानी बासी र विकास वोर्डको अपनत्व हुने गरी काम हुने छ ।
     शासक हैन सेवकको रुपमा म र मेरो टिमले काम गर्ने छ । 

    कृषि—निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउनको लागि माटो परिक्षण, कृषि प्रविधिको अनिवार्य व्यवस्था, आवश्यक पर्ने विउ, किटनाशक औषधी र प्रविधिमा अनुदान उपलब्ध गराइने छ ।

     जमिनको उर्वराशक्तिको आधारमा कृषि जोन र पकेट क्षेत्रको व्यवस्थापन गरी सामुहिक खेती प्रणालीलाई लागु गरिने छ ।

     कृषक वा कृषक समुहद्वारा उत्पादित वस्तुहरुको श्रेणीकरण, भण्डारण साथै बजारीकरणको समेत वडाले जिम्मा लिने र व्यवस्था गरिनेछ ।

     पशुपंक्षी पालनमा अनुदान र सहुलियत ऋण उपलब्ध गराउन  पालिकासँग समन्वय गरिने छ ।

    खानेपानी— स्वस्थ पिउने पानी नपुगेको ठाउँमा यथासिघ्र स्थायी मुहानको प्रयोग गरी पानीको व्यवस्थापन र स्रोत नभएको ठाउँमा लिफ्टिङ्ग मार्फत पिउने पानीको सुविधा साथै एक घर एक धाराको अवधारणामा उपलब्ध गराइने छ ।साथै रोकिएको खानेपानी योजनालाई अघि बढाउने । 

    शिक्षा — भूगोलको आधारमा आवश्यक देखिएको स्थानमा बालमैत्रि कक्षा थप गरिने छ ।

     आवश्यकता अनुसार विद्यालय भवनको निर्माण, मर्मत तथा स्तर उन्नती गरिने छ ।  

     संचालित कक्षा ३ लाई कक्षा ५, कक्षा ५ लाई कक्षा ८, कक्षा ८ लाई कक्षा १० र कक्षा १० लाई १२ मा पुर्याउदै कक्षा ५सम्म अंग्रेजी माध्यम मा पठन पाठन गराइने छ ।

     संचालित माध्यमिक विद्यालयमा पढ्दै र कमाउदै अवधारणा अन्तर्गत चोया चित्रो साथै विविध धारणा प्राविधिक कार्यक्रम संचालन तथा सैद्धान्तिक ज्ञान समेत दिईने छ ।

    स्वास्थ्य — स्वास्थ्य केन्द्रमा दक्ष स्वास्थ्य कर्र्मी सहितको स्थापना गर्दै, भूगोलको आधारमा अति आवश्यक ठाउँमा (साल्फेद, लब्दिखोला, सत्डाँडा र किटेनी) मा स्वास्थ्य इकाई स्थापना गरिने छ।  

    सिंचाई— स्रोत भएको र खेतीयोग्य जमिन मा सिंचाइको विस्तार गरिने छ ।  प्रविधिको उच्चतम प्रयोग गर्दै कम स्रोत भएको स्थानमा बाह्य स्रात व्यवस्थापन गरिने छ । 

     भलामी साल्फेद किटेनी लब्दी लाई विकास बोर्डको सुुझाव अनुसार सिंचाइको लागि अघि बढाइने छ ।

    सडक— बनिसकेको ग्रामिण सडकहरुको स्तर उन्नती गर्दै, मुख्य सडकको ट्रयाक खोलिने छ ।  साथै रोजगार मुलक कार्यको लागि स्थानीय श्रोतहरु संग मोटर बाटो लाई जोडिने छ र आवश्यक अनुसार शाखा बाटोको निर्माण गर्दै लगिने छ । साथै मोटरबाटोमा आवश्यक पर्नै स्थानमा पक्की पुल र होम पाइपको व्यवस्थाको लागि पालिका प्रदेश संघ सँग समन्वयन गरि व्यवस्थापन गरिनेछ ।  

    बाटो— भूगोलको कारणले सबै ठाउँमा मोटर बाटोको प्रयाप्तता नहुने भएकोले आवश्यक ठाउँहरुमा पैदल मार्गको स्तर उन्नती र निर्माण गरिने छ ।  

    विद्युत— उचित प्रविधिको अभावमा विद्युतको उपलब्धता निरन्तर हुन नसकेकोले यसलाई प्रविधि सहितको स्तर उन्नती र व्यावस्थापन गरिने छ ।  साथै केन्द्रिय विद्युत सेवालाई छिटो विस्तार गरी जनताको पहुँचमा लिइने छ । 

    पर्यटन—गराङ्गचौरलाई पिकनिक स्पटमा परिणत गर्नको लागि आवश्यक पूर्वाधार तयार गरिने छ भने तल्लो पँधेरा गुफालाई अध्ययन र अनुसन्धान गरी सुरुङ्ग पदमार्गको रुपमा व्यवस्थापन गरिने छ ।

     देविढोका मन्दिरलाई धार्मीक आस्थाको रुपमा प्रचार गर्दै स्तरउन्नती, ओखल ढुङगा, जन्तेढुङगा, लोङगा लगायतका पर्यटकीय स्थानहरुमा उचित व्यवस्थापन गर्नको लागि पालिका, प्रदेश र संघ सँग समन्वय गरिनेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको लागि होमस्टे सञ्चालनको अवधारणा ल्याइने छ ।

    खेलकुद— भूगोलको आधारमा आवश्यक स्थानमा उचित खेल मैदानको व्यवस्थापन गर्दै खेलकुद सामग्री उपलब्ध गराइने छ ।
    झोलुङ्गे पुल— ढोङ्गढोङगे, सिरिमथान स्टिल डेक पुलको निर्माण गर्दै रुसुन्दे खोला, उर्लेनी घाट लगायतको स्थानमा पर्ने बाटोमा कंक्रित पुलको निर्माण गरिने छ ।

    जेष्ठ नागरिक— जेष्ठ नागरिक मिलन भवन ( वस्तीको आधारमा आवश्यकता अनुसार जेष्ठ नागरिक हरुको भेटघाटको लागि जेष्ठ नागरिक मिलन भवन स्थापना  गरिने छ ।

    स्तरउन्नती— भएगरेका सम्पूर्ण भौतिक संरचनाहरु (जस्तैः मन्दिर, चौतारो, पोखरी आदि ।) स्तर उन्नती र मर्मत सम्भार गरिने छ ।
    रोजगार तथा स्वरोजगार— युवाहरुलाई प्राविधिक तथा उत्पादनसील क्षेत्रमा अध्ययन गर्न प्रोत्साहन गर्दै ज्ञान र सिप अनुसारको रोजगार सिर्जना गरिने छ ।

     विपन्न तथा गरिब परिवारबाट अनुसाशित तथा जेहेन्दार व्यक्तिहरुलाई पूर्ण सिपमुलक तालिम तथा प्रशिक्षण को व्यवस्था गर्दै सिप अनुसारको प्रविधिमा अनुदान उपलब्ध गराउदै, उत्पादन मुलक उद्योग स्थापना गरी स्वरोजगार र आत्मानिर्भर बन्न प्रोत्साहन गरिने छ ।  

    सामाजिक सुरक्षा भत्ता — यस वडाका सम्पूर्ण जेष्ठ नागरिक, असाह्य, एकल महिला, दिर्घ रोगी, मुटु रोगी, अपांगहरुलाई प्रक्रिया मिलाएर टोल टोलमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने छ ।  
    सिप अनुसारको प्रविधि— सम्पूर्ण वडाबासीहरुको  सिपलाई पहिचान गरी अभिलेखीकरण गर्दै सिप अनुसारको प्रविधिमा अनुदान उपलब्ध गराइने छ ।

    sisakhani congress.jpg

    सूचना तथा संचार— भौगोलिक विकटताको कारणले अझै पनि यस    वडाको सम्पूर्ण ठाउँ मा संचार को  सुबिधा नपुगेकोले मोबाईलको टावर राख्नको लागि पहल गरिने छ ।

     इन्टरनेटको सेवालाई सम्पुर्ण स्थानमा प्रभावकारी बनाइनेछ ।

     गाउँ भित्रका समस्याहरुको पहिचान र समाधानको विषयमा लेख तथा प्रकाशन, साथै विकास र पर्यटन प्रवद्धनको बारेमा लेख तथा प्रकाशन गर्ने संचार कर्र्मीलाई प्रत्येक वर्ष आम भेलामा पुरस्कृत गरिने छ ।

    मौलिक संस्कृतिकोे संरक्षण—परम्परागत घाँटुु नाँच, सोरठी, भैलो आदि जस्ता संस्कृतिको संरक्षण र व्यवस्थापन गरिने छ ।

    शुसाशन र पार्दशिता —  विजय हासिल गरेको दिन  देखि हामी सबैको साझा हौ ।  हामीले हेर्ने नजर र गर्ने व्यावहार सबैलाई बराबर हुनेछ । हामी जनताको विकासको लागि हो, आफ्नो विकासको लागि होइन । त्यसकारण भ्रष्टाचारलाई शुन्य बनाउँनेछौ ।
     प्रत्येक वर्ष आमभेला राखी विकासका कामहरुको मुल्यांकन गर्दै सार्वजनिक रुपमा सुनुवाई गरिने छ ।  

    त्यसकारण, आफ्नो टोल वस्ती लाई माया गर्नेहरु, नेपाली कांग्रेसलाई माया गर्नेहरु, ढुक्क भएर मतपत्रको सात वटै कोठा भित्र रुख चिन्हमा छाप लगाई हाम्रो टिमलाई विजय गराउन अनुरोध गर्दछौ ।

    धन्यवाद !

     

    सम्बन्धित समाचार