अमेरिकाबाट आईपुग्यो ‘काँचको कचौरा’ (भिडीयो सहित)

अमेरिकाबाट आईपुग्यो ‘काँचको कचौरा’ (भिडीयो सहित)

  • मंसिर २४, २०७७ बुधवार
  • २३:५९:०८ बजे
  • 14.9K
    SHARES
  • अमेरिकाबाट आईपुग्यो ‘काँचको कचौरा’ (भिडीयो सहित)

    बागलुङ : ‘काँचको कचौरा’ नामक गित बजारमा आएको छ ।

    प्रवासमा रहेर नेपाली गित संगितलाई माया गर्ने र नयाँ नयाँ  तथा पृथक शैलीका गितहरु बजारमा ल्याउने कलाकार खेम पुनले अन्य साथीहरुसंगको सहकार्यमा गित ल्याएका हुन् ।

    अमेरिकामा बस्दै आएका बागलुङे कलाकार खेम पुन तथा राजन क्षेत्रीको सहकार्यमा गित बजारमा आएको हो ।यो गितको प्रस्तुतकर्ता तथा शब्द लेखक राजन क्षेत्री हुन् ।

    गितलाई खेम पुनले संगित भरेका छन् । आजै बुधबार युट्युवमा रिलिज भएको ‘काँचको कचौरा’ बोलको गीतमा बालकुमार श्रेष्ठ र गोमा ओलीको स्वर सुन्न सकिन्छ ।

    काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गितको भिडीयोमा महेन्द्र गौतम, काजिस श्रेष्ठ, बिमल अधिकारी, सगुन शाही, साया भण्डारी र अनुप अधिकारीलाई प्रस्तुत गरिएको छ ।

    बालकुमार श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गितको भिडीयो दुर्गा पौडेलले छायाँङ्कन गरेका छन् । भिडीयो सम्पादन नवीन घर्तीमगरले गरेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # काँचको
  • # कचौरा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार