राजनीतिक

बागलुङको सबै वडामा संगठन विस्तार गर्दै नेपाल तरुणदल

बागलुङको सबै वडामा संगठन विस्तार गर्दै नेपाल तरुणदल

  • फाल्गुण ५, २०७७ बुधवार
  • १८:०२:१५ बजे
  • 3.8K
    SHARES
  • बागलुङको सबै वडामा संगठन विस्तार गर्दै नेपाल तरुणदल

    बागलुङ : नेपाल तरुणदल बागलुङले जिल्लामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । तरुण दलले १० वटै स्थानीय तहका ८५ वटा वडामा संगठन विस्तार र भेला संचालन गरेको छ । 

    अभियानमै वडा स्तरीय तरुणदल गठन गर्ने र युवालाई सक्रिय बनाउने समेत गरिएको छ । अभियान अन्तरगत बुधबार बागलुङ नगरपालिका–१३ पैयुँपाटामा तरुणदलको भेला सम्पन्न भएको छ । 

    भेलालाई सम्बोधन गर्दै तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ ले मुलुकमा दिनानुदिन भ्रष्टाचार अनियमितता र हिँसा मौलाउँदै गएकोले त्यसको विरुद्धमा गाउँतहबाटै तरुण युवाहरु एकजुट हुनका निम्ती आग्रह गरे । 

    उनले काँग्रेसलाई बलियो शत्तिको रुपमा स्थापित गर्नका निम्ती तरुण युवाहरुकै भुमिका महत्वपुर्ण हुने हुँदा समय समयमा पार्टी नेतृत्वलाई पनि खबरदारी गर्नुपर्ने बताए । 

    ‘तरुणदल पार्टीका लागि साथ दिने बलियो खम्बा हो शर्माले भने, खम्बा बलियो भयो भने घर बलियो हुँन्छ । त्यसैले हामी हाम्रो संगठनलाई मजबुत बनाउँ हामी बलियो भयौं भने पार्टी त्यसै बलियो हुन्छ । कहिले काँही पार्टी नेतृत्वले पनि बाटो विराउन सक्छन उनिहरुलाई पनि हामी खबरदारी गर्नुपर्दछ ।’ 

    उनले सरकारका पछिल्ला अराजक गतिविधिको विरुद्ध तरुणदल अब चुपलागेर नबस्ने समेत चेतावनी दिए । मंगलबार मात्र बैतडीमा नेपाली काँग्रेसका नेता एनपि साउद, डिला संगौला र अन्य नेतामाथी नेकपाका केही

    कार्यकर्ताले सत्ता र शक्तिको भरमा नियोजित रुपमा गरेको आक्रमण अत्यन्त निन्दनिय भएको बताए । उनले यस्ता घटनाको विरुद्ध तरुणदल लड्नका निम्ती तयार रहेको बताए । 

    कार्यक्रममा नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नं. १ का (ख) का सभापति नारायण शर्मा पौडेल, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका

    उपाध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला अध्यक्ष इश्वरठाकुर पौडेल, नेपाल तरुणदलका जिल्ला सदस्य ओमकार पौडेल, नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री,

    अमलाचौरका सभापति कोपिलामणी शर्मा, नारायणस्थानका कार्यबहाक सभापति हरिकृष्ण श्रेष्ठ, नेपाल तरुणदलका पुर्व जिल्ला उपाध्यक्ष सहदेव पौडेल लगायतले बोलेका थिए । 

    कार्यक्रम नेपाल तरुणदल पैयुँपाटाका अध्यक्ष ओमकार कुँवरको अध्यक्षता काँग्रेसका क्षेत्रीय प्रतिनिधि विजेन्द्र कुँवरको स्वागत र धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो । 

    भेलाले नबिन बोहोराको अध्यक्षतमा तरुणदल पैयुँपाटा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण कुँवर र सुनिल केसी रहेका छन । त्यसैगरी समितिको सचिवमा दिलिप रिजाल, सहसचिवमा नारायण शर्मा र कोषाध्यक्षमा भेषबहादुर परियार विनोद रहेका छन । 

    समितिको सदस्यहरुमा गणेश कुँवर, विनोद रखाल, शिव रेग्मी, शेरबहादुर केसी, कृष्ण रिजाल, अनिल खत्री, मिलन रोका, प्रकाश क्षत्री, र मनोज गिरी रहेका छन ।

    भेलाले मनोज रखाल, सरोज पाठक, कृष्ण क्षेत्री, दिपक शर्मा, धिरन कुँवर, विनोद पौडेल, रामकृण खत्री, लेखनाथ पौडेल, हरिप्रसाद पौडेल र भुवन परियार परियारलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ । 

    गत माघ १६ गते बसेको नेपाल तरुणदल बागलुङको जिल्ला समितिको बैठकले सवै वडामा आफ्नो संगठन विस्तार गर्ने निर्णय गरेको थियो ।

    यस अघि पनि जिल्लाका विभिन्न स्थानिय तहका वडाहरुमा  भेला सम्पन्न भएको छ ।  वडामा संगठन विस्तार सकिएपछि गाउँ र नगरपालिका स्तरीय भेला गर्ने र पछि जिल्ला भेला गर्ने तयारी रहेको अध्यक्ष शर्माले बताए । 

    वडा भेला सम्पन्न गर्नका निम्ती सवै स्थानिय तहमा जिल्लाबाट प्रतिनिधि समेत खटाईएको छ । तरुणदलको संगठन विस्तार अभियानले कुनै गतिविधि नगरेको बागलुङ काँग्रेसलाई केही हद सम्म जागरुक बनाउने देखिएको काँग्रेस कार्यकर्ता बताउँछन् ।  

  • सम्बन्धित विषय:

  • # नेपाल तरुणदल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार