बागलुङ : नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले संचालन गरेको तरुण जागरण अभियान भेला जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले तरुण युवाहरुलाई संगठन प्रति उत्तरदायि र नेतृत्व विकास गर्ने उद्देश्यले जागरण अभियान संचालन गरिएको बताए ।
उनले तरुणदल नेपाली काँग्रेसको साथी संस्था भएका कारण हरेक साथमा सहयात्रा गर्ने बताए । शर्माले जिल्लामा जागरण अभियानले काँग्रेस भित्र थप उत्साह थपेको दाबि गरे । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका क्षेत्रीय सदस्य तथा काँग्रेसको राज्य प्रशासन विभाग सदस्य प्रमानन्द कंडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष तथा काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्क थापा,
नेपाली काँग्रेस काठेखोला गाउँपालिकाका संयोजक ज्ञामनाथ कंडेल, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ तरुणदल काठेखोलाका अध्यक्ष हरि सापकोटा, काठेखोला गाउँपालिका–७ का वडा सदस्य काशिराम कंडेल, लेखानीका कार्यबहाक सभापति मोम बहादुर रोका, वडा सदस्य तुलसा श्रीष, नेपाली काँग्रेस लेखानीका सचिव रुद्र श्रीष, र मदन श्रीषले बोलेका थिए ।
कार्यक्रम नेपाल तरुणदल लेखानीका सभापति हरिलाल कंडेलको अध्यक्षता नेपाल तरुणदल काठेखोलाका सदस्य हर्क श्रीषको स्वागत र सचिव गणेश नेपालीको संचालनमा सम्पन्न भएको धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु उपसभापति बालकृष्ण शर्माले जानकारी दिए । भेलाले मदन श्रीषको अध्यक्षतमा नेपाल तरुणदल लेखानीको नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मनिष पुन, योगनाथ कंडेल, सचिवमा मुकेश छन्त्याल, कोषाध्यक्षमा रन बहादुर काउचा र सह–सचिवमा राजकुमार विक रहेका छन । समितिको सदस्यहरुमा गोपाल गौचन, रमेश क्षेत्री, प्रेम क्षेत्री, तिल बहादुर दगामी, लक्ष्मी दगामी, झोजेन्द्र पुन, तिलक पुन विकास विक, कृष्ण श्रीष कुल बहादुर छन्त्याल र हरिलाल कंडेल रहेका छन ।
तरुणदले जिल्लाका ८५ वटै वडामा तरुण जागरण अभियान संचालन गरेको छ । तरुण युवाहरुको नेतृत्व विकासका लागि उत्त जागरण अभियान संचालन गरिएको हो ।