निसीखोला ५ मा तरुण दल गठन

निसीखोला ५ मा तरुण दल गठन

  • फाल्गुण ८, २०७७ शनिवार
  • २१:३५:१० बजे
  • 6.1K
    SHARES
  • निसीखोला ५ मा तरुण दल गठन

    बागलुङ : नेपाल तरुण दल बागलुङले संगठन अभियान विस्तारलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा शनिबार निसीखोला गाउँपालिका वडा नम्बर ५ मा संगठन विस्तार गरिएको छ ।

    मिलन घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय नेपाल तरुण दल निसीखोला गाउँपालिका वडा नम्बर ५ गठन गरिएको हो । जसको उपाध्यक्ष मनदिप विक, सचिवमा अवतार घर्ती मगर, सह–सचिवमा ज्ञानेन्द्र घर्ती मगर,

    कोषाध्यक्ष कुमारी घर्ती मगर चयन भएका छन् । जिल्ला सदस्य हेमराज सापकोटा र नेपाली कांग्रेस निसीखोला गाउँपालिका वडा नम्बर ५ का सभापति शान्तकुमार छन्त्यालको उपस्थितीमा समिति गठन गरिएको हो ।

    कार्यक्रममा बोल्दै जिल्ला सदस्य सापकोटाले युवाहरु एकताबद्ध भएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । उनले ओलीले देशलाई दुर्घटना तर्फ धकेलेको भन्दै अब युवाहरुले खबरदारी गर्नु पर्ने बताए ।

    सभापति छन्त्यालले मुलुको विकासका लागि कांग्रेसको नेतृत्वनै चाहिने भन्दै मुलुक परिवर्तनमा कांग्रेसको विकल्प नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाल तरुणदल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार