images
images

पार्वती मावि गलकोटको वार्षिकोत्सव : नेकपाको शक्ति सर्घषले जन भावनाको कदर भएन

पार्वती मावि गलकोटको वार्षिकोत्सव : नेकपाको शक्ति सर्घषले जन भावनाको कदर भएन

  • फाल्गुण ११, २०७७ मंगलवार
  • ०७:२०:२९ बजे
  • 4.0K
    SHARES
  • पार्वती मावि गलकोटको वार्षिकोत्सव : नेकपाको शक्ति सर्घषले जन भावनाको कदर भएन

    गलकोट : पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्बर ६ को ६७ औं वार्षिकोत्सव  सम्पन्न भएको छ । वार्षिकोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नेकपा भित्रका शक्ति सर्घषले जनताको भावनाको कदर नभएको बताए । 

    उनले नेकपा भित्रको झमेलाले संविधान जलाउने काम भएको भन्दै जनताको संविधान जलाउने अधिकार कुनैप नि पार्टीलाई नभएको बताए । गैरेले राजनैतिक स्थिरता, समावेशी, संघीयताको संस्थागत गर्ने संविधानको अक्षरस कार्यान्वयन गर्ने विषयमा नेकपाको वर्तमान नेतृत्वले जनतालाई धोका दिएको आरोप लगाए । 

    उनले जनतासंग गरेका प्रतिबद्धता पुरा गर्न नेकपा असफल भएको दाबी गदैं जनभावनालाई आत्मसाथ गर्न नेकपाका नेतालाई आग्रह समेत गरे । गैरेले देशको राजनीतिलाई सहि मार्गमा ल्याउन अब जनता सचेत बन्नुपर्ने बताए । 

    यो विद्यालयमा आफुले अध्ययन गरेको बताउदैं आफ्नो अध्ययन केन्द्रलाई व्यवस्थित बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । पूर्व विद्यार्थी तथा अहिलेको अभिभावक रहेको भन्दै विकासमा आफ्नो जिम्मेवारी पुरा गर्ने बताए । 

    गलकोट नगरपालिकाको अस्थाई राजधानीको रुपमा रहेका गलकोट नगरपालिका वडा नम्वर ६ का नागरिकलाई नगरको जग्गा व्यवस्थापनको लागि तथा आर्थिक श्रोत व्यवस्थापनको लागि एकजुट हुन समेत आग्रह गरे । 
    गैरेले गलकोट नगरपालिका वडा नम्वर ६ मै नगरको प्रशासनिक कार्यालय निमार्णको लागि आवश्यक प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।

    कार्यक्रममा पुर्व कार्यालय सहयोगी ईन्द्र बहादुर खत्री, अक्षकोष स्थापनाकार चोलाराज पन्त, शिक्षक जगेन्द्र बोहोरा लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटा, गलकोट नगरपालिका वडा नम्वर ६ का अध्यक्ष नर बहादुर खत्री,

    गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख झलक पाण्डे, बिद्यालयकका सस्थापक प्रतिनिधी तिलक उप्रेति, बिद्यालयका सल्लाहकार मेघराज रेग्मी, नवज्योति दुर्गा आधारभुत बिद्यालयका प्रधानाध्यापक निमा श्रीस, ज्वाला कल्बका अध्यक्ष राम प्रसाद कडेंल लगाएतले बोलेका थिए । 

    वि.सं. २०१० सालमा सस्कृत पाठशालाको रुपमा स्थापना भई २०१५ सालमा पार्वती प्राविका रुपमा संचालनमा आएको थियो । २०५८ सालमा आधारभुत तह संचालन भएको उत्त विद्यालय २०६३ सालदेखि माविको रुपमा संचालनमा छ । 

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेम बहादुर बुढाथोकीले विद्यालयको प्रगति प्रतिवेदन तथा भाबि कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले सास्कृतिक प्रस्तुति प्रस्तु गरेका थिए । सो अवसरमा विद्यालयमा स्थपान गरिएका स्वर्गीय रत्न बहादुर स्मृति अक्षयकोष, स्वर्गीय देवराज पन्त स्मृति अक्षयकोष,

    सामुदायिक अध्ययन केन्द्र स्मृति अक्षकोष, स्वगिय जिवन्तकुमारी स्मृति अक्षकोष, स्वर्गिय कृतिराज, यसोधा स्मृति अक्षयकोष, स्वगिय हर्क बहादुर, हुमाकुमारी स्मृति अक्षयकोष, स्वगिय कमला स्मृति अक्षयकोष, स्वगिय बिष्णु, कृष्ण तिर्थ अक्षकोष स्वगिय गुप्तप्रसाद स्मृति अक्षकोष , स्वर्गिय बसन्त कुमारी स्मृति अक्षकोष तथा

    चोलाराज पन्त अक्षकोष गरि ११ ओटा अक्षकोषबाट जेहेन्दार, गरिब बिपन्न, दलित बिद्यार्थीलाई छात्रबृद्धि वितरण गरिएको थियो । वार्षिकोत्सव पार्वति माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष संजय नेपालीको अध्यक्षता, सहायक प्रधानाध्यापक दिलिप पाण्डेको स्वागत र शिक्षक तारापति न्योपानेको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # विद्यालय

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार