ताराखोलाको जनप्रेम माविमा ‘हामी सचेत छौ’ विषयक अभिमुखिकरण

ताराखोलाको जनप्रेम माविमा ‘हामी सचेत छौ’ विषयक अभिमुखिकरण

  • फाल्गुण २१, २०७७ शुक्रवार
  • ०७:५१:५७ बजे
  • 6.4K
    SHARES
  • ताराखोलाको जनप्रेम माविमा ‘हामी सचेत छौ’ विषयक अभिमुखिकरण

    पूर्णभद्र निउरे, ताराखोला : ताराखोला गाउँपालिकाको जनप्रेम माविमा गण्डकी समाज, सभ्य समाज अन्तर्गत हामी सचेत छौँ विषयक अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोग र ताराखोला गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    माध्यामिक तह ९–१२ का विद्यार्थीलाई नैतिक शिक्षा, किशोरकिशोरीका लागि सकारात्मक सोच , दुव्र्यसनी तथा समाजिक विकृती विसङगती न्यूनीकरणमा विद्यार्थीको भूमिकालाई बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङले बताए । अभिमुखिकरण कार्यक्रम हप्ताको १ दिन चल्ने र सहजीकरण विद्यालयका शिक्षक दामोदर शर्माले गर्ने प्रधानाध्यापक गुरुङले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विद्यालय स्तरमा हुने यस्ता कार्यक्रममा किशोर किशोरीहरुमा सकारात्मक चिन्तनको विकास भै सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए । कार्यक्रममा ताराखोला गाउँपालिका शिक्षा शाखा प्रमुख सविता कुमारी केसी पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष याम बहादुर श्रीस, कार्यपालिका सदस्य गौरिमाया गुरुङ लगायतले बोलेका थिए ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङको अध्यक्षता, प्रधानाध्यापक  नइन्द्र  बहादुर गुरुङको स्वागत र शिक्षक दामोदर शर्माको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ताराखोलामा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार