बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी सस्था लि.ले आर्थिक वर्ष २०७७/०७८ को प्रगति समिक्षा तथा वित्तीय विश्लेषण सम्बन्धी सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित सहकारीले आफ्ना सदस्यलाई प्रभावकारी सेवा विस्तार गर्न नीति तथा कार्यक्रमको समिक्षा तथा प्रशिक्षण आयोजना गरेको हो ।
सो अवसरमा सहकारीले चालु आर्थिक वर्षको लक्ष्य अनुसार प्रगति बारेमा चर्चा गरिएको थियो । बागलुङ जिल्लामा केन्द्रीय कार्यालय सहित ११ वटा स्थानवाट सेवा प्रवाह गरेको सहकारीले चालु आर्थिक वर्षमा म्याग्दी र पर्वत जिल्लामा समेत ११ वटा सेवा केन्द्र विस्तार गरी २२ स्थानबाट सेवा प्रवाह गर्दा प्राप्त अवसर र चुनौतिहरुका विषयमा छलफल भएको थियो । सदस्यहरुलाई स्तरीय सेवा प्रवाह गर्ने तथा सेवा केन्द्रको वित्तीय व्यवस्थापन सम्बन्धी समीक्षा गदैै भावि योजनाको वारेमा समेत छलफल गरिएको थियो ।
संस्थाको काम थप प्रभावकारी वनाउन केन्द्रीय संचालक समिति, सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति तथा सेवा केन्द्र प्रमुखहरुलाई वित्तीय विश्लेषण, पल्र्स, क्षमता अभिवृद्धि, संचालक समिति र कर्मचारीको भुमिका बारेमा नेफ्स्कुनका पुर्व कोषाध्यक्ष एवं सहकारी प्रशिक्षक केशव पोख्रेलले सहजिकरण गरेका थिए ।
२ दिनसम्म संचालन भएको प्रगति समिक्षा तथा तालिम कार्यक्रमको समापनमा वोल्दै सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीको सेवा क्षेत्र भित्रका नागरिकको गरिवि निवारणमा लाग्न सहकारीका संचालक तथा कर्मचारीलाई आग्रह गर्नु भयो ।
सहकारीका सल्लाहकार रघुपति शर्मा, गलकोट सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक राम वहादुर खत्री, मुलपानी सदस्य सेवा केन्द्रका प्रमुख ज्ञानु थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन एवं सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गर्नुभएको थियो ।