images
images

विपद्

निसीखोलाका बाढी पहिरो पीडितलाई साथ दिँदै लायन्स क्लब

निसीखोलाका बाढी पहिरो पीडितलाई साथ दिँदै लायन्स क्लब

  • आश्विन १३, २०८३ मंगलवार
  • ०७:४४:३५ बजे
  • 616
    SHARES
  • निसीखोलाका बाढी पहिरो पीडितलाई साथ दिँदै लायन्स क्लब

    बागलुङ । लायन्स क्लब अफ निसीखोलाले राहत तथा उद्धार खटिएको छ । आइतबार विहान निसीखोलामा आएको बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धारमा क्लव जुटेको हो । बाढीले निसीखोला गाउँपालिका–४ कानाबगर, झिवाखोला लगायतको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

    हामी सेवा गर्छौं’ भन्ने मूल भावनासहित स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोलाको टोली प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, उद्धार तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्यमा खटिएको क्लव अध्यक्ष अशोक कार्कीले बताए ।

    उनका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएको झिवाखोला–कानाबगर क्षेत्रमा पुगेर क्लबका सदस्यहरूले स्थानीयवासीसँग सहकार्य गर्दै विभिन्न स्थानमा आवश्यक सहयोग गरेका छन् । पीडितको राहतका लागि आफूहरु निरन्तर खटिएको उनको भनाइ छ ।

    अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण निसीखोलामा ३९ घर पूर्ण रूपमा क्षति भएका छन् । बाढीका कारण ३२ घर उच्च जोखिममा परेका छन्, जसबाट २४९ जना प्रभावित भएका छन् । थप ९६ घर जोखिममा रहँदा ४२९ जना जोखिमपूर्ण अवस्थामा रहेको गाउँपालिकाले जानएको छ ।

    प्राकृतिक विपत्तिका कारण हालसम्म पाँच जनाको ज्यान गएको छ । प्रभावित परिवारहरू अहिले आफन्तका घर तथा विद्यालयमा अस्थायी रूपमा आश्रय लिएर बसिरहेका छन्। स्थानीयस्तरमा राहत, उद्धार र सरसफाइ अभियानमा लायन्स क्लब अफ निसीखोलाले देखाएको सक्रियता बाढीपीडितका लागि महत्वपूर्ण सहारा बनेको स्थानीयवासीले बताए ।

    सम्बन्धित समाचार