images
images

श्रीमतीलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

  • माघ २३, २०७७ शुक्रवार
  • २०:१२:१० बजे
  • 3.6K
    SHARES
  • श्रीमतीलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

    पाेखरा : आफ्नै पत्नीको हत्या गरेको आरोपमा शुक्रबार पोखराबाट एक पुरुष पक्राउ  परेका छन् । पोखरा–३३ उपल्लो पुँडी निवासी ५० वर्षीय गमबहादुर पुन पक्राउ परेका हुन् ।

    उनले बिहीबार राति ८ बजे आफ्नै पत्नी ४२ वर्षीय हरिमाया पुनको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    हरिमाया पुन शुक्रबार बिहान ८:३० बजे घरको सुत्ने कोठाको खाटमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन् । आरोपित पुनलाई शुक्रबार दिउँसो पोखरा–३३ लामगादीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    पुन परिवार पर्वत जिल्ला जलजला गाउँपालिका-७ धाइरिङ घरभई हाल पोखरा–३३ को उपल्लो पुँडीमा बस्दै आएको थियो । आरोपित पुनले प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिहीबार राति पत्नीसँग झगडा हुँदा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।

    पुन विरुद्ध कास्की जिल्ला अदालतमा ज्यान मुद्दा दर्तागरी थप अनुसन्धानका लागि १० दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले जानकारी दिए।   

  • सम्बन्धित विषय:

  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार