images
images

ज्वाईंले गरे धारिलो हतियार प्रहार गरि सासू हत्या

ज्वाईंले गरे धारिलो हतियार प्रहार गरि सासू हत्या

  • माघ २९, २०७७ बिहिवार
  • २१:१३:०७ बजे
  • 5.4K
    SHARES
  • ज्वाईंले गरे धारिलो हतियार प्रहार गरि  सासू हत्या

    विराटनगर : पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउँपालिका– १ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ । हत्यामा संलग्नताको आरोपमा प्रहरीले २७ वर्षीय प्रेमलाल सरबरियालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान घरायसी विवादमा पाहुना आएका सरबरियाले सासूको टाउकोमा दाउ प्रहार गरेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

    अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो । झापाको गौरीगञ्ज गाउँपालिका १ घर भएका प्रेमलाल ११ दिनअघि ससुराली आएका थिए । बुधबार बिहान उनको श्रीमती र सासूसँग विवाद भएको थियो ।

    ‘हत्याको कारण घरायसी विवाद हो’ डीएसपी राईले भने ‘प्रेमलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’ प्रेमलाललाई प्रहरीले बुधबार ससुराली घरबाट नै पक्राउ गरेको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार