images
images

कसले गर्यो यस्तो ? श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

कसले गर्यो यस्तो ? श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

  • फाल्गुण १, २०७७ शनिवार
  • १७:२६:०० बजे
  • 4.2K
    SHARES
  • कसले गर्यो यस्तो ? श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर
    फाइल तस्बिर

    उदयपुर : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११, गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी हत्याको आशंकामा मृत भेटिएका पुरुष गाईघाट, शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् । घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक एसपी भीमप्रसाद दाहालले बताए ।

    यस्तै, मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घरनजिकै बारीमा फेला परेपछि तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

    राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ ।

    केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार