images
images

विद्यालयबाट बेपत्ता भएकी किशोरीको २४ घण्टापछि जंगलमा शव फेला

विद्यालयबाट बेपत्ता भएकी किशोरीको २४ घण्टापछि जंगलमा शव फेला

  • माघ २३, २०७७ शुक्रवार
  • ११:०२:५५ बजे
  • 4.6K
    SHARES
  • विद्यालयबाट बेपत्ता भएकी किशोरीको २४ घण्टापछि जंगलमा शव फेला

    बैतडी : विद्यालयबाटै बेपत्ता किशोरीको २४ घण्टापछि जंगलमा शव फेला परेको छ । बुधबार बेपत्ता भएकी सनातन धर्म माबिमा पढ्ने बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेकी हुन् ।

    बिहीबार साँझ ५ बजेतिर विद्यालयबाट एक किलोमिटर टाढा जंगलमा उनी मृत फेला परेको मृतकका आफन्त शिवराज भट्टले इकागजलाई जानकारी दिए । किशोरीको शव फेला परेपछि घटनास्थलमा प्रहरीको टोली खटिएको

    जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाएको प्रहरीले जनाएको छ । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार