images
images

आगोले विद्यालय भवन नै जलेपछि...

आगोले विद्यालय भवन नै जलेपछि...

  • माघ २९, २०७७ बिहिवार
  • ०८:२९:५२ बजे
  • 3.4K
    SHARES
  • आगोले विद्यालय भवन नै जलेपछि...
    प्रतीकात्मक तस्वीर

    ताप्लेजुङ : भीरमा लागेको डढेलोले जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय भवन जलेको छ । विद्यालय भवनको पश्चिमपट्टि रहेको शहरेभित्ता भीरबाट आएको डढेलोले कार्यालय सञ्‍चालनमा रहेको तीन कोठे भवन जलेको गाउँपालिकाका वडा सदस्य चन्द्र पराले जानकारी दिए ।

    उनका अनुसार एउटा भवन भने अभिभावक र शिक्षकले जोगाएका छन् । कार्यालयको खातालगायत सामग्री निकाल्ने प्रयास गरेका टंक भट्टराई घाइते भएका छन् । उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको पराले बताए । सोलारको ब्याट्री पड्किएपछि उनी घाइते भएका थिए ।

    विद्यालयका कुनै पनि सामग्री र कार्यालयको कागजपत्र निकाल्न नपाएको प्रधानाध्यापक सम्झना भट्टराईले बताइन् । ‘सबैजना सरहरु आ-आफ्नो कक्षामा पढाउँदै हुनुहुन्थ्यो । म कार्यालयमा काम गर्दै थिएँ,’ सम्झनाले भनिन्, ‘कार्यालय नजिकै आगो आइपुग्दा मात्रै थाह पायौं ।’

    आगो नजिकै आएपछि शिक्षकले विद्यार्थीलाई सुरक्षित ठाउँमा सारेका थिए । विद्यार्थी सुरक्षित गरेर कार्यालय नजिक आइसक्दा भवन जलिसकेको र ब्याट्री पड्केर नजिक जान नसकिएको भट्टराईको भनाई थियो । कार्यालयमा कम्युटर, प्रोजेक्टरलगायत सामान थिए ।

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार