गलकोट : नवयुवक आधारभुत विद्यालय गलकोट नगरपालिका वडा नम्बर २ मा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नवयुवक आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक तथा अक्षयकोषदाता मतिलाल गैरेलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सम्मानित हुनुहुने गैरेलाई यस समाज र संस्थाप्रति गरेको योगदानको संस्था र समाजले मुल्याङ्कन गरिरहेको बताए । कार्यक्रममा कालिलेख आमा समुहद्धारा पूर्व प्रधानाध्यापक गैरेलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा सम्मानित हुने गैरे, गलकोट नगरपालिका-२ का वडा अध्यक्ष हिमबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज गैरेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक बिना थापाको स्वागत तथा शिक्षक विष्णु प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।