बागलुङ : निसीखोलाकी एक वृद्धाले चौरासी पुुजाको खर्च कटाएर विद्यालयलाई सहयोग गरेकी छिन् । निसीखोला गाउँपालिका-५ की ८४ वर्षीया हरिकला मगर्नीले ३ लाख रुपैयाँ सहयोग गरेकी हुन् । उनले वडा
नम्बर ५ मा रहेकाे ज्ञानेन्द्र माविलाइ सहयाेग गरेकी हुन् । मगर्नीले विकासको मूल आधार शिक्षा भएको हुँदा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउ आफूले दिएको सहयोगले केही टेवा पुग्ने बताइन् । ‘शिक्षा बिना
विकास सम्भव रैनछ, पढाई लेखाई गरेका मान्छेहरुले हो विकास गर्न सक्ने, हाम्रो पालामा यस्तो पढ्ने लेख्ने भन्ने थिएन,’ उनले भनिन् ‘अबका नानी बाबुहरु कोही पनि अशिक्षित नहौन ।’
उनले चौरासी पुजा गरेर लाखौँ खर्च गर्न भन्दा विद्यालय जस्तो पवित्र स्थलमा सहयोग गर्दा ठूलो धर्म कमाइने भएको हुँदा सहयोग गरेको सानाे सहयाेग गरेकाे बताउँछिन् । विद्याललय सहयोग
रकम ग्रहण गर्दै उहाँलाई सम्मान समेत गरेको थियो । कार्यक्रमम वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष
भरत बुढा मगर, पूर्व अध्यक्ष प्रेम घर्ती मगर, शिक्षक अभिभावक संघका अध्यक्ष हेमराज सापकोटा प्रअ अमृता बुढा मगर लगाएतको सहभागिता रहेको थियो ।